दुर्गा प्रसाईं संयुक्त जनआन्दोलनको जनकमाण्डर

दुर्गा प्रसाईं संयुक्त जनआन्दोलनको जनकमाण्डर



काठमाडौं । नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई जनकमाण्डर बनाएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुबेदीले सो जानकारी दिएका हुन् ।

प्रसाईंको नेतृत्वमा भोलि राजावादीहरुले काठमाडौंमा जनप्रदर्शन गर्दैछन् ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक सुबेदीले डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको जानकारी पनि दिए ।

उनले २०४७ सालको संविधानमा टेकेर नयाँ समझदारी गर्न दलहरुलाई अपिल समेत गरेका छन् ।

भोलि काठमाडौंमा राजावादी र गणतन्त्रवादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । काठमाडौं प्रशासनका अनुसार राजावादीहरूको प्रदर्शन तिनकुने र गणतन्त्रवादीहरूको प्रदर्शन भृकुटीमण्डपमा हुनेछ ।