काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त नेशनल ल कलेज सानेपाको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुकाे प्यानल नै विजयी भएको छ ।
निर्वाचनमा अनेरास्ववियुका ओविलाल विश्वकर्मा २५५ मतका साथ अध्यक्षमा विजयी भएका हुन् ।
अध्यक्षका अर्का प्रत्याशी सुवास अधिकारीले १७० मत पाएका छन् । त्यस्तै उपाध्यक्षमासहित सबै पदमा सोही प्यानलका उम्मेदवार विजयी भएका छन् ।
उपाध्यक्षमा आदर्श अधिकारी, महासचिवमा ओम अधिकारी, सचिवमा स्वीकृति पाण्डे र कोषाध्यक्षमा भुमिका पाण्डे निर्वाचित भएका छन् ।
प्रतिक्रिया