निर्मल निवासमै पुगेर पूर्वराजालाई भेटे दुर्गा प्रसाईंले

निर्मल निवासमै पुगेर पूर्वराजालाई भेटे दुर्गा प्रसाईंले



काठमाडौं । गणतन्त्रविरोधी आन्दोलन चर्काउने तयारीमा रहेका राजावादी नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्पर्क र भेटघाट बढाएका छन् ।

भोलि हुने जनप्रदर्शनको पूर्वसन्ध्यामा निर्मल निवासमै पुगेर आज दिउँसो व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजासँग लामो भेटवार्ता गरे । सेतो गाडीमा चढेर उनी निर्मल निवासमा पसेका थिए । निर्मल निवासबाट निस्किएपछि उनि भोलिको आन्दोलनबारे जानकारी गराउने पत्रकार सम्मेलनमा पुगेका थिए ।

यसअघि हिजो संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पनि पूर्वराजालाई भेटेका थिए ।

यसैबीच नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई जनकमाण्डर बनाएको छ । प्रसाईंको नेतृत्वमा भोलि राजावादीहरुले काठमाडौंकाे तिनकुनेमा जनप्रदर्शन गर्दैछन् ।