बैंकक । एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले नेपालको राजनीति र पर्यटन क्षेत्रबारे चासो र चिन्ता व्यक्त गरेका छन्। थाइल्याण्डको बैंककमा आयोजित हिमालयन इन्टरनेशनल अवार्ड र सम्मान तथा जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान कार्यक्रममा उनले नेपालको विकास चुनौति र उपायहरुबारे विवेचना गरे।
उक्त कार्यक्रमको प्रमुख अतिथि रहेका अध्यक्ष बस्नेतले राजनीति गर्नेले मात्र नभइ जसले पनि राजनीति गरेका कारण देशको बिकास हुन नसकेको औल्याएका छन्। अन्य क्षेत्रमा सम्बन्धित व्यक्तिले पनि वा जसले पनि देश बनाउने ठेक्का र जिम्मा लिँदा नेपाल विकासमा पछि परेको उनको तर्क छ।
‘रातभर जाँड खाएर आएर बुढिसँग झगडा गरेर आएको हुन्छ छोरासँग झगडा हुन्छ, स्कूलको फिसको बिषयमा झगडा हुन्छ, स्कूलको बिषयमा झगडा हुन्छ त्यहि मान्छे घरबाट बाहिर निस्कीएर देश बनाउने कुरा गर्छ अनि देश बन्छ त?’ एन आर एन अध्यक्ष बस्नेतले प्रश्न गरे।
उनले भने,‘जो मान्छेले जहाँ काम गर्छ त्यो मान्छेलाई त्यहिँ काम गर्न दिउँ। सबै मान्छे एकै ठाउँमा रुमलियौँ भने देश बन्दैन। हामीकहाँ एउटा बिडम्बना त्यो छ। अब यसको लागि के गर्ने त?’ उक्त कार्यक्रममा सहभागी भएका कलाकार र पत्रकारलाई बिषेश आग्रह गर्दै अध्यक्ष बस्नेतले कला संस्कृतिसँग सम्बन्धित व्यक्तिले कला संस्कृतिमा ध्यान दिन आग्रह गरेका छन्।
‘एन आर एन भन्ने साथीहरुले लगानी लिएर देशको सम्बृदिमा इट्टा थपिन्छ भने इट्टा थपिने गरि काम गर्नुपर्यो। यस बिषयमा खिल्ली उडाउने होइन। विदेशमा बस्दै गर्दा खेरी एउटा एन आर एनको मान्छे भएर त्यो देशको बिषयमा बोल्न सक्दैन नेपालको बिषयमा किन बोल्छ? हामी त कस्तो बिडम्बनाको देश प्रधानमन्त्री, राष्ट्रपति अगाडी बसेका हुन्छन् सिस्नोपानी लगाएर गिज्याइरहेको हुन्छ।’

उनले प्रश्न गरे ‘यस्ता संस्कृति किन चाहियो हामीलाई?’ ‘त्यसैले नै प्रोत्साहन गरेको छ मान्छेलाई जे भनेपनि हुन्छ भनेर त्यसैले गर्दा हामी विग्रीरहेका छौँ जस्तो लाग्छ मलाई।’
बस्नेतले भाभुक हुँदै भने,‘जहाँ देश रुन्छ त्यहाँ मन रुदोरहेछ। पोख्ने ठाउँ हुँदैन। हामी मिडियाबाजी गर्ने मान्छे पनि होइन। देश बनाउनमा सबैको उत्तिकै जिम्मेवारी छ। एउटा एउटा इट्टा थपौँ देश दुई बर्षमा बन्छ। हाम्रो देशमा सबै चिज छ के छैन? तराई छ मधेश र पहाड छ हिमाल छ।’
‘संसारको सबैभन्दा महङ्गो होटल मुस्ताङमा छ। एकदिनको पाँच सय डलर पर्छ त्यो होटललाई। जुनलाई सात नाइटको लागि बुकिङ गर्नुपर्छ। सात नाइट भन्दा तलको लागि बुकिङ गरेर तपाईले त्यो होटल पाउनुहुँदैन।’

नेपाल धेरै कुराले सम्पन्न भएको सम्झाउँदै उनले भने,‘हामी त्यस्तो देशका मान्छे हौँ,तर त्यहि होटलबाट बाहिर निस्किदै गर्दा खेरी गाडीको टायर कुन खाल्डोमा पर्छ र मान्छेले कति दुख पाउँछ भन्ने त्यो थाहा पाउँदैन। त्यहि होटलमा पाँच सय डलरमा गेष्ट ल्याउने मान्छेले उस्को घरको अगाडीको इट्टा थपेको हुँदैन। के भन्छ सरकार कहाँ गयो? नगरपालिका कहाँ गयो?’
एन आर एन अध्यक्ष बस्नेतले स्मरण गराए,‘सरकारले नगरपालिकाले प्रावधान दिएर त होटलले सात नाइट बुक गर्न पाउने भएको छ त।’ कार्यक्रममा एक दर्जन बढि कलाकार, पत्रकारलगायतलाई सम्मान तथा अर्वाड प्रदान गरिएको छ।

प्रतिक्रिया