तीनकुनेमा राजावादी प्रदर्शनकारी र प्रहरीबीच झडप

तीनकुनेमा राजावादी प्रदर्शनकारी र प्रहरीबीच झडप



काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी प्रदर्शनकारीबीच झडप भएको भएको छ । प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हाे ।

उनीहरूलाई जिल्ला सुरक्षा समितिले उपलब्ध गराएको तीनकुने क्षेत्र फर्काउन प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका छन् ।

प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए । राजसंस्था पुनस्थापना र हिन्दू राज्यसहितका माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

यता चाबहिलबाट राजतन्त्र पुनस्थापना अभियानका संयोजक नवराज सुवेदी अघि बढिरहेका छन् । उनीहरू गौशाला–एयरपोर्ट–सिनामंगल हुँदै तिनकुने पुग्ने कार्यक्रम छ ।