काठमाडौं । प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गरेको सूचनामा शुक्रबार ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ ।
प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण गरेका हुन् ।
विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनाको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग राख्दै बुधबारदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् ।
प्रतिक्रिया