काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
सुदूरपश्चिमले टस जितेपछि पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ । पोखराले पहिलो इनिङमा ब्याटिङ गर्दै सुदूरपश्चिमसामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्ने प्रयास गर्नेछ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् भने पोखरा एभेन्जर्सको कप्तानी कुशल भुर्तेलले सम्हालिरहेका छन् ।
नेपाल प्रिमियर लिगमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।


प्रतिक्रिया