तीनकुनेको घरमा राजावादीद्वारा आगजनी

तीनकुनेको घरमा राजावादीद्वारा आगजनी



काठमाडौं । तीनकुनेको एउटा घरमा राजावादी प्रदर्शनकारीले आगजनी गरेका छन् । उनीहरुले सुरुमा ढुंगामुढा गरेका थिए भने पछि आगो लगाएका हुन् ।

तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेरका छन् ।

राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।

सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

घरको छतबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरुले घरभित्रबाट सामान बाहिर ल्याएर जलाएका थिए ।

उनीहरुले सुरुमा घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका थिए ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो भने लगत्तै झडपको स्थिति बनेको थियो । सो क्रममा प्रदर्शनकारीले ढुंगामुढा गरे भने प्रहरीले पनि पानीको फोहोरा, लाठीचार्ज र अश्रुग्यास प्रहार गरे ।