प्रतिगामीहरु होसियार, राजतन्त्र फर्कने कुरा कल्पनै नगरे हुन्छ : माधव नेपाल

प्रतिगामीहरु होसियार, राजतन्त्र फर्कने कुरा कल्पनै नगरे हुन्छ : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र फर्कने कुरा कल्पनै नगर्न चेतावनी दिएका छन् ।

समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले अब मुलुक पछाडि फर्कन नसक्ने बताए ।

उनले देश अब वंशको शासनतिर नजाने बताए । त्यसका विरुद्ध आफूहरु उभिने र इतिहास फेरि पछाडि जान नदिने बताए ।

अध्यक्ष नेपालले भने, ‘यो कार्यक्रम त कास्टिङ मात्रै हो, प्रतिगामीहरु होसियार । नेपाली जनता कसैको दास बन्न चाहदैन । राजतन्त्र फर्कने कुरा कल्पनै नगरे हुन्छ ।’