काठमाडौं । गृहमन्त्री रमेश लेखकले दुर्गा प्रसाईंले आफैले गाडी चलाएर प्रहरीलाई मार्न खोजेको बताएका छन् ।
उनले निजी सम्पत्ति आगजनी गर्ने र मिडिया हाउसमा आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने बताएका छन् ।
मन्त्री लेखकले राजावादीको आन्दोलनमा प्रहरीले संयमता र धैर्यता अपनाएको उल्लेख गरे । तर उदण्डताको अगाडि केही नलागेको उनले बताए ।
राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा अहिले आकस्मिक बैठक बसेको छ ।
गृहमन्त्री लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो । अहिले प्रदर्शनको समीक्षा गर्दै अबको योजनाबारे निर्णय हुने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।
५/१० जनाको समूह जम्मा हुने र जत्तातत्ते आगो लगाउँदै हिँड्ने गरेको देखिएको गृहले जनाएको छ ।
प्रतिक्रिया