काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बेलुका ८ बजे बस्ने बताइएकाे छ ।
राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन र सभा गर्ने तयारीमा रहेका राजावदीहरूको प्रहरीसँग झडप भएपछि हिंसा फैलिएको हो ।
तीनकुने क्षेत्रबाट तितरबितर भएका राजावादीहरूले राजधानीका विभिन्न स्थानमा सार्वजनिक सवारीसाधन र निजी सम्पत्तिमा आगजनी गर्दै हिँडेका छन् ।
राजवादीहरु आगजनी र तोडफोडमा उत्रिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेर तीनकुने क्षेत्रमा नेपाली सेनासमेत खटाएको छ ।
प्रतिक्रिया