जडीबुटी उत्पादन कम्पनीमा राजावादीले गरे आगजनी

जडीबुटी उत्पादन कम्पनीमा राजावादीले गरे आगजनी



काठमाडौं । पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् ।

कम्पनीको कार्यालय र गाडीमा आगजनी हुँदा प्रहरी पुग्न सकेको छैन । घटनास्थलमा अहिलेसम्म प्रहरी पुग्न नसकेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएसँगै त्यहाँबाट जडीबुटी तर्फ गएका प्रदर्शनकारीहरूले कम्पनीको कार्यालयमा आगजनी गरेका हुन् । उनीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेपछि गणतन्त्रको विरुद्ध नाराबाजी गरिरहेका छन् ।

स्टोरमा प्राय गरी प्रज्जवनशील पदार्थहरू रहेकाले त्यहाँ आगो लाग्यो भने ठूलो विस्फोट हुने खतरा छ । विस्फोट भएमा जुडीबुटी क्षेत्रमै ठूलो क्षति हुन सक्छ ।