काठमाडौं । तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । प्रहरी श्रोतका अनुसार त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा कीर्तिपुरका सविन महर्जन हुन् ।
गम्भीर घाइतेमध्ये २ जनाको यतिबेला बीर अस्पतालमा उपचार भइरहेको छ । भोजपुरका डिल्लीप्रसाद लुइँटेल र शम्भु दमाइ प्रहरीको गोली लागेर गम्भीर घाइते भएका हुन् । लुइँटेलको पेटको दाहिनेपट्टि गोली लागेको छ । दमाइको भने दाहिने कुममा गोली लागेको प्रहरी श्रोतले बतायो ।
प्रतिक्रिया