भिड उत्तेजित पारेर दुर्गा प्रसाईं फरार

भिड उत्तेजित पारेर दुर्गा प्रसाईं फरार


ग्लोब नेपाल
1.7k
Shares

काठमाडौं । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं फरार भएका छन् । आन्दोलन भड्काएको आरोपमा गृहमन्त्रालयले उनमाथि पक्राउ गर्न आदेश दिएको छ ।

‘म रहुला या नरहुला, आन्दोलन जारी रहोस्’ भनेर तीनकुनेबाट हिडेका प्रसाईविरुद्ध गृहमन्त्रालयले साँझ ५ बजे प्रहरीलाई पक्राउ गर्न आदेश दिएको थियो । पक्राउ गर्न प्रहरी प्रसाईं निवासमा पुग्दा उनी भेटिएनन् । प्रहरीले उनको खोजी कार्य तीब्र बनाएको छ ।