राजावादीका संयोजक नवराज सुवेदी नजरबन्दमा

राजावादीका संयोजक नवराज सुवेदी नजरबन्दमा

स्वागत नेपालसहित थप ३ जना पक्राउ



काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि बनेकाे ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी नजरबन्दमा परेका छन् ।

उनलाई गुह्वेश्वरी हाइटस्थित निवासमै प्रहरीले नजरबन्द गरेको परिवारलाई उदृत गर्दै राप्रपाका एक नेताले जानकारी दिए । सुवेदी तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएका थिए ।

सोही आन्दोलनलाई भड्काएको आरोपमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका छन् ।

त्यसैगरी प्रदर्शनमा सक्रिय अधिवक्ता स्वागत नेपालसहित थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ छन् ।

उनीहरूलाई उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।