अराजक गतिविधि गर्नेको पहिचान गरी कारवाही गर्ने सरकारको निर्णय

अराजक गतिविधि गर्नेको पहिचान गरी कारवाही गर्ने सरकारको निर्णय


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । सरकारले आज पूर्व राजावादी समर्थकहरुले गरेको घटनाको सत्यतथ्य छानविन गरी दोसीलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।

बैठकमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै मन्त्री गुरुङले भने, “सरकारी, निजी तथा सञ्चार गृहमा गरिएको हिंसात्मक घटनाप्रति सरकार घोर निन्दा गर्दछ । घटनामा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाउने र घटनाको सत्यतथ्य छानविन गरी कारवाही प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको छ ।”

यसैगरी आगामी दिनमा सो किसिमको घटना पुनः हुन नदिनेतर्फ सरकार सचेत रहेको बताउँदै मन्त्री गुरुङले हिंसात्मक घटनामा परी ज्यान गुमाएकाहरुप्रति सरकारले श्रद्धाञ्जलि अर्पण गरेको बताए । आजको घटनामा कीर्तिपुरका सविन महर्जन र आगजनीमा परी एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको ज्यान गएको छ ।