धनगढीकी स्मिताले ल्याइन् नयाँ गीत ‘तिमि को हौं’ (भिडियाे)

धनगढीकी स्मिताले ल्याइन् नयाँ गीत ‘तिमि को हौं’ (भिडियाे)


ग्लोब नेपाल
540
Shares

काठमाडाैं : गायिका स्मिता बोहोराले आफ्नाे नयाँ गीत बजारमा ल्याएकी छिन् । उनले ‘तिमि को हौं’ बोलको गीत केहि दिन अघि युट्युबमा सार्वजनिक गरेकी छिन् । साजन शाहको शब्द संगीत रहेको उक्त गीतको भिडियोमा सुमधुर स्वरकी धनि गायिका स्वयमको अभिनय रहेको छ । यस अघि गायक यशकुमारसंग ‘ज्यानमाया’ बोलको रोमान्टिक गीत ल्याएकी स्मिताले यो गीतसंगै आधा दर्जन गीतमा स्वर दिइसकेकी छिन् ।

शब्द र संगीत यश कुमारको रहेको ‘ज्यानमाया’ आधुनिक प्रेम गीत दर्शक स्राेताबीच निकै रुचाइएको गीत हाे । अध्ययनले हेल्थ केयर म्यानेजमेन्टमा मास्टर्स गरेकी स्मिताकाे सानैदेखि संगीतप्रति रूचि थियो । सांगितिक क्षेत्रमा केही फरक गर्ने सोचसहित आएकाे बताउने सुदूरपश्चिम धनगढीकी चेली स्मिता २०७८ सालमा ‘लाईफ ओके सिंगिङ स्टार’को उपाधि विजेता हुन् ।

अहिले म्युजिक इन्डस्ट्रीमा चलिरहेका भन्दा अलिक फरक किसिमका गीतहरुमा काम गर्ने सोच रहेको स्मिता बताउछिन् । गीत युट्युबमा ‘एस टु’ म्युजिक च्यानलमा हेर्न र सुन्न सकिन्छ ।