सभापति देउवाले बोलाए पदाधिकारी बैठक

सभापति देउवाले बोलाए पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवा निवास बुढानीलकण्ठमा अपराह्न साढे ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा हिजो राजावादीहरूको प्रदर्शनको नाममा मच्याएको तोडफोड र लुटपाटपछि विकसित घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

यसैबिच नेपाली कांग्रेसका छ जना शीर्ष नेताको अनौपचारिक भेटघाट पूर्व उपसभापति विमलेन्द्र निधि निवास नयाँ बानेश्वरमा बसेको छ ।

शनिबार बिहान बसेको दुई घण्टा लामो बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला सहभागी थिए ।

नेताहरुबिचको अनौपचारिक भेटघाटमा हिजो राजधानीमा भएको प्रतिगमनकारी एवम् आपराधिक घटनाको भत्र्सना गर्दै जनताको जीउधनको सुरक्षामा कडाई गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।