संसद् पुग्यो धवल शम्शेर पक्राउ परेको सूचना

संसद् पुग्यो धवल शम्शेर पक्राउ परेको सूचना


ग्लोब नेपाल
2.2k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ । सांसद पक्राउ परेको सम्बन्धी सूचना संसद सचिवालयलाई प्राप्त भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन ।

नेपालको संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था रहेको छ । यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो । यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले संसदमा जानकारी दिनुपर्छ ।

संसद नभएको अवस्थामा सूचना पाटीमा पक्राउ भएको सूचना प्रकाशित गराउनुपर्छ । प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्दैछ । धवलशमशेर राणा राजावादीको प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।