काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको बताएका छन् । सोमबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले फेरि अवसर दिँदा राज्यसत्ताको दुरुपयोग नगर्ने कुनै ग्यारेन्टी नभएकोले राजाको कुनै आवश्यकता नरहेको बताए ।
‘राजालाई हामीले पटक पटक मौका दियौँ, अवसर दियौँ । उसले दुरुपयोग गर्यो । अब के ग्यारेन्टी छ कि उसले दुरुपयोग गर्दैन ? त्यसैले अब राजा हामीलाई चाहिँदैन । हिन्दुराष्ट्रको पक्षमा चाहिँ म छु,’ उनले भने ।
व्यवस्थालाई कसरी अगाडि बढाउने भन्नेबारे जनताले निर्णय गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया