रास्वपाले राष्ट्र निर्माणको खाका कोर्न बनायो ब्लुप्रिन्ट कार्यदल

रास्वपाले राष्ट्र निर्माणको खाका कोर्न बनायो ब्लुप्रिन्ट कार्यदल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न उपसभापतिद्वय डोलप्रसाद अर्याल (डिपी) र स्वर्णिम वाग्लेको संयोजकत्वमा ६ सदस्यीय ‘ब्लुप्रिन्ट’ कार्यदल बनाएको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सदस्य रहेको कार्यदल गठन गरेको हाे ।

यस्तै लिडरसिप एकेडेमी र उम्मेदवार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिन कुमार आचार्यलाई जिम्मेवारी तोकिएको छ भने पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधि लगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ ।

चैत २३ गतेदेखि रास्वपाले चितवनबाट जनयात्रा सुरू गर्दैछ । प्रथम परिषद्को राष्ट्रिय भेलामा घोषणा गरेअनुरूप जनताको कुरा सुन्ने यात्रा, जनयात्राको सुरू गर्न लागिएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

रास्वपाले वैशाख २५, २६, २७ गते पहिलो महाधिवेशन गर्दैछ ।