काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेकमा भाग लिनका लागि आज थाइल्याण्ड प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरिएको हो ।
प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरूको भ्रमणमा ‘गेट–वे’को रूपमा रहेको बैँककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्त्वपूर्ण हुने बताए ।
प्रधानमन्त्री ओली भोली अर्थात् अप्रिल २ मा थाइल्यान्डका प्रधानमन्त्री पाइतोनगतार्न सिनावात्रासँग दुई पक्षीय भेटघाट गर्नुको साथै केही विषयवस्तुमा समझदारी पनि गर्नेछन् । उनले अप्रिल ४ मा बिमस्टेकलाई सम्बोधन गर्नेछन् ।
अप्रिल २ मा बिमस्टेक सदस्यहरू राष्ट्रका उच्च अधिकारीहरूको बैठक बस्ने भने अप्रिल ३ मा विदेशमन्त्रीस्तरीय बैठक बस्ने बताइएको छ ।
समिटले सदस्य राष्ट्रहरूलाई उनीहरूको साझा सुरक्षा र दिगो विकास चुनौतीहरूको सामना गर्न सक्षम बनाउनका लागि क्षेत्रीय सहयोग निर्माणमा बिमस्टेकको महत्त्वपूर्ण भूमिका रहने बताइएको छ ।
प्रतिक्रिया