काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले तीनकुने घटनामा मृत्यु भएका एभिन्युज टीभीका पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन् ।
उनले बुधबार बिहान कोटेश्वर भाटभटेनी परिसरमा एक कार्यक्रम गर्दै यस्तो घोषणा गरेका हुन् । रजकको परिवारलाई पाँचलाख र महर्जनको परिवारलाई तीनलाख रुपैयाँ सहयोग गर्ने बताए ।
उनले चैत १५ गते भएको प्रदर्शनका बेला भाटभटेनी सुपरमार्केटेको कोटेश्वर स्टोर्समा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । बुधबार भएको कार्यक्रममा भाटभटेनीले तोडफोडका बेलामा उच्छृङ्खल गतिविधि रोक्ने सुरक्षा गार्ड, निर्माण कार्यमा संलग्न कर्मचारीलगायतले नगदसहित सम्मान गरेको छ ।
सञ्चालक गुरूङले ‘राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमान्डर’ तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं गुण्डा नाइके भएको टिप्पणी गरे ।
यस्तै गुण्डा नाइके विगतमा धरानमा रहेको उल्लेख गर्दै गुरूङले व्यवसायीहरू त्यसबेला धरान छाडेर विराटनगर पलायन हुन पुगेको स्मरण पनि गरे ।
प्रसाईंले विगत लामो समयदेखि व्यवसायीहरूमाथि धावा बोल्दै आए पनि राज्यले पुलपुल्याउँदा तीनकुने घटना घटेको र आगजनी, तोडफोड र दुई जना युवाको मृत्युसमेत हुन पुगेको गुरूङले बताए ।
गुरूङले भने, ‘एउटा गुन्डा नाइके, म भन्छु- दुर्गा प्रसाईं गुण्डा नाइके हो, गुण्डाकै नाइके हो त्यो, उसको चलन, क्रियाले राजसंस्था फर्कदैन, म ठोकुवा गरेर भन्छु, भाटभटेनीलाई ढुंगा हानेर, लुटपाट गरेर राजसंस्था फिर्ता हुन्छ? नेपालको संविधान मेटिन्छ? हामी बुझ्दैनौं?’
प्रतिक्रिया