ईपीएल फुटबल : लिभरपुल, एस्टन भिला, इप्सविच टाउन, म्यानचेस्टर सिटी र न्यूक्यासल विजयी

ईपीएल फुटबल : लिभरपुल, एस्टन भिला, इप्सविच टाउन, म्यानचेस्टर सिटी र न्यूक्यासल विजयी



काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुल, एस्टन भिला, इप्सविच टाउन , म्यानचेस्टर सिटी, न्यूक्यासल विजयी भएका छन् ।

गएराति भएका खेलमा लिभरपुलले एभरटनलाई १–० ले पराजित गरेको हो । यस्तै एस्टन भिलाले ब्राइटनलाई ३–० ले , इप्सविच टाउनले बर्नमाउथलाई तथा न्यूक्यासलले ब्रेन्टफोर्डलाई समान २–१ ले र म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २–० ले हराएका हुन् ।

अर्को खेलमा साउथ्याम्पटन र क्रिस्टल प्यालेसले भने १–१ गोलको बराबरी खेलेका छन् । प्रिमियर लिगमा लिभरपुल ७३ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । यस्तै आर्सनल ६१ अंकसहित दोस्रो र नटिङ्घम फरेस्ट ५७ अंकसहित तालिकाको तेस्रो स्थानमा छन् ।