भ्रष्टाचारमा मुछिएका कर्मचारीलाई हाजिर गराएर सरकारले दम्भ देखायो: बालेनको सचिवालय

भ्रष्टाचारमा मुछिएका कर्मचारीलाई हाजिर गराएर सरकारले दम्भ देखायो: बालेनको सचिवालय


ग्लोब नेपाल
4.1k
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको सचिवालयले भ्रष्टाचारमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराएर सरकारले दम्भ देखाएको बताएको छ ।

मेयर बालेनका स्वकीय सचिव भुपदेव शाहले पोसाकधारी पार्टीका कार्यकर्ताले भ्रष्टाचारमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको बताएका छन् ।

भुपदेवले भने, “पोसाकधारी पार्टीका कार्यकर्ताले एउटा भ्रष्टाचारमा मुछिएका मान्छेलाई हाजिर गराएका छन् । प्रमुख प्रशासकीय अधिकृत दोषी देखिए ककसले हाजिर गराएका हुन्, सबै दोषी हुनुपर्छ । हामीले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएकै छैनौँ ।”

भुपदेवले चैत १५ गतेको हिंसात्मक आन्दोलनको विषयलाई विषयान्तर गर्न प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गरिएको बताएका छन् । “चैत १५ गतेको आन्दोलनलाई विषयलाई विषयान्तर गर्न सरकारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गरायो,” उनले भने ।