इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनह्यामलाई हरायो

इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनह्यामलाई हरायो



काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनह्यामलाई हराएको छ । गएरातिको खेलमा टोटनह्यामलाई १–० गोलले हराएर चेल्सी च्याम्पियन्स लिग छनोटमा फर्काएको छ ।

यो जीतसँगै न्यूक्यासल र म्यानचेस्टर सिटीलाई उछिन्दै चेल्सी ५२ अंकसहित लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । १४ औं स्थानमा रहेको टोटनह्यामको ३४ अंक छ ।

प्रतियोगितामा अब आठ चरणका खेलहरू बाँकी छन् र यसपटक शीर्ष पाँच टोली च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना छ ।

ईपीएलमा लिभरपुल ७३ अंकसहित शीर्ष, आर्सनल ६१ अंकसहित दोस्रो र नटिङ्घम फरेस्ट ५७ अंकसहित तालिकाको तेस्रो स्थानमा छन् ।