पूर्वराजाले विद्रोहको बाटोबाट सत्ता कब्जा गर्न खोजेकोले तीनकुने घटना भयाे : रघुजी पन्त

पूर्वराजाले विद्रोहको बाटोबाट सत्ता कब्जा गर्न खोजेकोले तीनकुने घटना भयाे : रघुजी पन्त



काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहले विद्रोहको बाटोबाट भए पनि सत्ता कब्जा गर्न खोजेकोले तीनकुने घटना हुन पुगेको बताएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा सांसद पन्तले राप्रपाले दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने बेलासम्म आफू नै नरहने स्थिति देखेपछि पूर्वराजाले विद्रोहको बाटो राेजेको बताए ।

पूर्वराजा शाहले राप्रपालाई विश्वास नगरेको भन्दै उनले भने, ‘ज्ञानेन्द्र शाहलाई के विश्वास भएन भने राजेन्द्र लिङ्देन र बुद्धिमान तामाङले चुनाव लडेर, बहुमत ल्याएर, अझ दुई तिहाइ ल्याएर यो संविधान संशोधन गर्ने बेला म नै रहन्न भन्ने भयो त्यसैले गड्याङगुडुङ गरेर विद्रोहको बाटोबाट भए पनि सत्ता कब्जा गर्न सकिन्छ भने गर्ने हो भनेर यो घटना भएको हो ।’

तीनकुने घटनाले राप्रपाको संवैधानिक बाटोप्रति विश्वास गर्ने र कुरेर बस्ने पक्षमा पूर्वराजा शाह नदेखेको उनको भनाइ छ ।