आईपीएल क्रिकेटमा लखनउ र मुम्बईको खेल आज

आईपीएल क्रिकेटमा लखनउ र मुम्बईको खेल आज



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे लखनउको घरेलु मैदानमा शुरू हुनेछ ।

प्रतियोगितामा लखनउ तीनमध्ये एक खेलमा जीत निकाल्दै २ अंकसहित तालिकाको सातौं स्थानमा छ । समान तीन खेलबाट समान २ अंक जोडेको मुम्बई छैटौं स्थानमा छ ।