जाजरकोट भूकम्पमा ३ जना घाइते

जाजरकोट भूकम्पमा ३ जना घाइते


ग्लोब नेपाल
162
Shares

जाजरकोट । गए राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट तीन जना घाइते भएका छन् । जाजरकोटको कुशे गाउँपालिका-९ पैक केन्द्रबिन्दु भएर राति ८ बजेर १० मिनेटको समयमा गएको भूकम्पको त्रासले घरबाट भाग्ने क्रममा ३ जना घाइते भएका हुन्।

घाइते हुनेमा भेरी नगरपालिका–२ रिसाङका ओपेन्द्र कार्कीको ४९ वर्षीया श्रीमती कमला कार्की, भेरी नगरपालिका–४ का ३४ वर्षीय सुरेश श्रेष्ठ र नलगाड नगरपालिका–१२ का २२ वर्षीय वीरेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार घाइतेहरू जिल्ला अस्पताल जाजरकोटमा उपचार गरेर डिस्चार्ज भएका छन् । यस्तै भूकम्पबाट भेरी नगरपालिका १० बस्ने कमला गोसाईंको १ तले पक्की घरको कोठाको पर्खालसमेत भत्किएको छ । शुक्रवार राति ८ बजेपछि जाजरकोटमा ३ मिनेटको फरकमा दुई भूकम्प गएका थिए ।

शुक्रवार राति ८ः०७ मा ५.२ म्याग्निच्युडको भूकम्प गएको ३ मिनेटमै ५.५ म्याग्निच्युडको अर्को भूकम्प गएको हो । भूकम्पको धक्का कर्णाली, सुदूरपश्चिम, बागमती र लुम्बिनीका जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।