काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको बैंककस्थित ओरियन्टल होटलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्ता फलदायी र सकारात्मक भएको बताएका छन् ।
थाइल्यान्ड भ्रमण सकेर फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मोदी भेटवार्ताबाट दुवै पक्ष सन्तुष्ट भएको जानकारी दिए । उनका अनुसार पञ्चेश्वर आयोजना, महाकाली सिंचाइ योजना, लगानी, व्यापारलगायत पारस्परिक हितका विषयमा गहिरो छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बरमा अमेरिकामा भएको अघिल्लो भेट पनि सकारात्मक रहेको स्मरण गर्दै, नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने साझा अठोट भएको उल्लेख गरे ।
भारत भ्रमणबारे उठेका प्रश्नमा उनले भ्रमण असम्भव नभएको र समय अभावका कारण मात्रै नभएको बताए । ‘कसैले काँडेतार लगाएको होइन,’ भन्दै भ्रमण सम्भव हुने संकेत दिए । सगरमाथा संवादअघि भारत भ्रमण हुने सम्भावनाबारे उनले व्यस्तता भए पनि सम्भावना खुला रहेको बताए ।
प्रतिक्रिया