सिठ्ठी फुक्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरूको प्रदर्शन

सिठ्ठी फुक्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरूको प्रदर्शन



काठमाडौं । काठमाडौंमा अनिश्चितकालीन हडताल गर्दै आएका शिक्षकहरूले आज सिटी जुलुस प्रदर्शन गरेका छन् । शिक्षकहरूले आज ५ औँ दिन माइतीघर देखि नयाँ बानेश्वरसम्म सिटी जुलुस प्रदर्शन गरेका हुन् ।

विद्यालय शिक्षा ऐनको माग गर्दै सरकारलाई ध्यानाकर्षण गराउन विरोध स्वरुप उनीहरुले र्‍यालीको क्रममा सिठ्ठी फुकेर आन्दोलन गरेको बताएका छन् ।

त्यस्तै नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलन जारी छ । उनीहरुले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ ।

शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन चार दिनदेखि आन्दोलनरत महासंघले शैक्षिक हड्ताल घोषणा गरेको हो । देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ ।