पिएसजी कीर्तिमानी १३औं पटक लिग च्याम्पियन

पिएसजी कीर्तिमानी १३औं पटक लिग च्याम्पियन



काठमाडौं । फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ । लिगमा ६ खेल अघिनै च्याम्पियन बनेको पिएसजीले शनिबार राति भएको खेलमा एन्जर्सलाई १–० गोलले हरायो ।

फ्रेन्च महारथी पिएसजीले कीर्तिमानी १३औँ पटक लिग वान उपाधि जितेको हो । पिएसजीको जितमा डेजिरे डुएले ५५औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँग शीर्ष टोली पीएसजीले २८ खेलबाट ७४ अंक बनाएको छ । अपराजित पीएसजीले २३ जित र पाँच खेलमा बराबरी नतिजा आत्मसाथ गरेको छ ।

पराजित एन्जर्स २७ अंकसहित १४औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको मोनाकोको समान खेलबाट ५० अंक पुगेको छ ।