घोडाघोडी क्याम्पसको स्ववियु्मा अनेरास्ववियु विजयी

घोडाघोडी क्याम्पसको स्ववियु्मा अनेरास्ववियु विजयी



कैलाली । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अशोक गौतम विजयी भएका छन् । अनेरास्ववियु र नेपाल विद्यार्थी सङ्घको संयुक्त प्यानलका अध्यक्ष पदका साझा उम्मेदवार अशोक गौतमसहित प्यानल विजयी भएको हो ।

उक्त क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विरासत भत्काउँदै अनेरास्ववियुको संयुक्त प्यानलले जित हासिल गरेको हो ।

अनेरास्ववियुले घोडाघोडीमा स्ववियु निर्वाचनको इतिहासमै पहिलो जित दर्ता गरेको जनाइएको छ ।

गौतम छ सय ७० मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अखिल (क्रान्तिकार)का गणेश भण्डारीले चार सय २८ मत प्राप्त गरे ।
सचिवमा गौतम प्यानलकै नेविसङ्घका प्रविन सिंह विजयी भए । कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी विजयी भएका छन् ।

त्यसैगरी, सदस्यमा गौतम पक्षको संयुक्त प्यानलबाट गोविन्द चौधरी, रमेश चौधरी, पद्यमा शाही, खिमा साउद, अनिता विक, सुवास चौधरी विजयी भएका छन् ।