लन्डन । इङलिस लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले हार ब्यहोरेको छ । गएराति भएको खेलमा उसले फुलह्यासँग ३–२ को हार बेहोरेको हो ।
फुलहमलाई जित दिलाउन रायन सेसेग्नन, एलेक्स इवोबी, रोड्रिगो मुनिजले गोल गरे । लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टर र लुइस डियाजले गोल गरे । पराजित लिभरपुलको ३१ खेलबाट ७३ अंक छ ।
जित निकालेको फुलह्याम समान खेलबाट ४८ अंकका साथ आठौं स्थानमा उक्लिएको छ । आइतबारै सम्पन्न अर्को खेलमा टोटनहमले साउथह्याम्पटनविरुद्ध ३–१ को जित दर्ता गरेका छ । हारसँगै साउथह्याम्पटन रेलिगेसनमा परेको छ ।
प्रतिक्रिया