चौथो चरणको आन्दोलनमा जाने शिक्षकहरुको घोषणा

चौथो चरणको आन्दोलनमा जाने शिक्षकहरुको घोषणा

माग पूरा नभएसम्म उत्तरपुस्तिक परीक्षण नगर्ने


ग्लोब नेपाल
2.4k
Shares

काठमाडौं । नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । यही चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोनल गरिरहेको महासङ्घले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको हो ।

महासंघले आन्दोलन अवधिभरि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा सङ्लग्न नहुन शिक्षकहरुलाई आग्रह गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । महासङ्घको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन भइरहेको छ ।

विगतमा भएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने र सो माग पूरा नभएसम्म आन्दोलनमै रहने अध्यक्ष सुवेदीले बताए । उनले अध्यादेशबाट भए पनि विगतमा गरिएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने माग गरे । शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आइतबार सिट्ठी बजाएर प्रदर्शन गरेका थिए ।