बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा पुर्याइएको छ ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर सोमबार भैरहवा कारागार पठाएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले सबै अदालती प्रकृया पुर्याएर कारागार पठाइएको बताए । अब अदालतको फैसला नआउन्जेल उनी सोही कारगारमा रहने छन् ।
गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए ।
प्रतिक्रिया