आईपीएल क्रिकेटमा आज मुम्बई र बेंगलुरु भिड्दै

आईपीएल क्रिकेटमा आज मुम्बई र बेंगलुरु भिड्दै



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज एक खेल हुँदै छ । आज दुई चर्चित टिम मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुँदै छन् ।

मुम्बई स्थित वाङ्खडे स्टेडियममा खेल बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । मुम्बईको कप्तानमा हार्दिक पाण्ड्या छन् भने बेंगलुरुको कप्तानमा रजत पाटिदार छन् ।

मुम्बईले हालसम्म ४ खेल खेल्दा १ जित मात्र निकालेको छ भने बेंगलुरुले ३ खेलमा २ जित निकालेको छ । अंकतालिकामा हाल बेंगलुरु ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ भने मुम्बई ४ खेलमा २ अंकसहित आठौं स्थानमा छ ।