काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले अर्थ मन्त्रालयबाट डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी तोकिएको पत्र आएको बताए ।
आज ३ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा गभर्नर नियुक्ति हुन सक्ने बताइएको छ ।
प्रतिक्रिया