बार चुनाव मतगणना : विजय मिश्रले लिए सुरुवाती अग्रता

बार चुनाव मतगणना : विजय मिश्रले लिए सुरुवाती अग्रता



काठमाडौं । नेपाल बार एसोसिएसनको चुनावको मतगणना जारी छ । कानुन व्यवसायीहरूको छाता संगठन बारका देशभरका सदस्यहरूले प्रत्यक्ष रुपमा शनिबार मतदान गरेका थिए ।

२५ सदस्यीय नयाँ कार्यसमितिका लागि ५७ जना चुनावी मैदानमा छन् । सत्ता गठबन्धनका विजय मिश्र र विपक्षी गठबन्धनका रमण श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ ।

मतणनाको पहिलो नतिजाअनुसार मिश्रले अग्रता बनाएका छन् । कोशी प्रदेशका केही जिल्ला र कोशी उच्च बारको मतगाण्ना हुँदा विजय मिश्रले २२६ र रमण श्रेष्ठले १३० मत पाएका छन् ।