काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार (भोली) मधेश प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभामुख रामचन्द्र मण्डलका अनुसार प्रधानमन्त्री ओली मंगलबार बिहान ११:०० बजे जनकपुरधाम आइपुग्नेछन् र त्यसपछि प्रदेश सभालाई सम्बोधन गर्नेछन् । सम्बोधन पश्चात प्रधानमन्त्री ओली सोही दिन सिरहा प्रस्थान गर्ने कार्यक्रम रहेको छ, जहाँ नेकपा (एमाले) को जिल्ला अधिवेशनमा सहभागी हुनेछन् ।
प्रधानमन्त्रीको आगमनलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले जानकारी दिए ।
मधेशमा पछिल्लो समय राजनीतिक बहस, संघीयता कार्यान्वयनको चुनौती र विकास निर्माणका कामको गति सुस्ताएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणले नयाँ सन्देश दिने अपेक्षा समेत गरिएको छ ।
प्रतिक्रिया