दुर्गा प्रसाईंका दाजु राकेश प्रहरी नियन्त्रणमा

दुर्गा प्रसाईंका दाजु राकेश प्रहरी नियन्त्रणमा



काठमाडौं । दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१५ चतैमा भएको राजावादी प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंका दाजु राकेशलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले राकेशलाई सोधपुछका लागि प्रहरी कार्यालयमा उपस्थित गराइएको बताए ।

पेरिसडाडास्थित राकेशको घरमा दुर्गा प्रसाईं बसेर भागेको तथ्य भेटिएकाले सोधपुछका लागि उनलाई प्रहरी परिसर काठमाडौंमा ल्याइएको प्रहरीले जनाएकाे छ ।

२ जनाको ज्यान जानेगरी भएको राजावादी प्रदर्शनपछि दुर्गा प्रसाईं भने फरार छन् ।