नेपाल सुपर लिगमा आज काठमाडौं र बुटवल लुम्बिनी खेल्दै

नेपाल सुपर लिगमा आज काठमाडौं र बुटवल लुम्बिनी खेल्दै



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौं रेजर्स र बुटवल लुम्बिनी खेल्दैछन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुनेछ ।

सात टोली सहभागी प्रतियोगितामा काठमाडौं तीन खेलमा दुई बराबरी र एक हारसहित दुई अंकका साथ छैटाैं स्थानमा छ ।

बुटवल लुम्बिनी समान खेलमा दुई हार र एक बराबरीसहित एक अंकका सात पुछारमा रहेको छ । एनएसएलको फाइनल खेल वैशाख १३ गते हुनेछ ।