काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना जारी छ ।
पछिल्लो मत परिणामानुसार, अध्यक्ष पदका उमेदवार विजयप्रसाद मिश्र ८६९ मतसहित अगाडि छन् । उनका प्रत्याशी रमनकुमार श्रेष्ठले ५२९ मतका साथ पछ्याइरहेका निर्वाचन अधिकृत तेजप्रसाद धमलाले जानकारी दिए ।
अध्यक्षका अर्का उमेदवार राजु कैदीले ६, आशीष पौडेलले ६ र उज्वल घिमिरेले २ मत पाएका छन् ।
यस्तै, महासचिव पदमा मिश्र प्यानलका केदारप्रसाद कोइराला अगाडि छन् । उनले ८७१ मत पाएका छन् । यज्ञमणि न्यौपानेले ४५६ मत ल्याएका छन् । हरिशंकर कार्कीले ३२ मत पाएका छन् ।
बारको नयाँ कार्यसमिति चयनका निम्ति शनिबार (चैत २३) मतदान भएको थियो । काठमाडौं र बाहिर गरी ३६ मतदान केन्द्रमा मतदान भएको थियो ।
प्रतिक्रिया