बार निर्वाचन मतगणना : मिश्र झण्डै दोब्बर मतले अगाडि

बार निर्वाचन मतगणना : मिश्र झण्डै दोब्बर मतले अगाडि



काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले निकटका कानुन व्यवसायीका उम्मेदवार विजयप्रसाद मिश्र झण्डै दोब्बर मतान्तरले अगाडि छन् ।

अध्यक्षका उम्मेदवार मिश्रले एक हजार २९५ मत प्राप्त गर्दा अर्का उम्मेदवार रमनकुमार श्रेष्ठले ६८२ मत ल्याएका छन् । श्रेष्ठ नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकटका कानुन व्यवसायीको साझा उम्मेदवार बनेका छन् ।

पछिल्लो गणनामा मिश्रले जनकपुरमा ९८, नवलपरासीमा २६, कपिलवस्तुमा ३१, रुपन्देहीमा ८४, पाल्पामा ४९ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार श्रेष्ठले जनकपुरमा ४०, नवलपरासीमा १३, बुटवलमा ३१, कपिलवस्तुमा ५, रुपन्देहीमा २४, पाल्पामा १३ मत पाएका छन् ।