आन्दोलनरत शिक्षकलाई फेरि वार्तामा आउन सरकारद्वारा आव्हान

आन्दोलनरत शिक्षकलाई फेरि वार्तामा आउन सरकारद्वारा आव्हान



काठमाडौं । सरकारले आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा आउन फेरि आव्हान गरेको छ । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई भोलि फेरि वार्ताको लागि बोलाएको हो ।

विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले केही दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।

यसअघि मन्त्रालयले साझा धारणा निर्माण गर्न चैत्र २१ र २२ गते छलफल र परामर्शका लागि बोलाएको थियो । आन्दोलनरत शिक्षकहरूले भने यसअघि पटक-पटक भएका सम्झौता लागु गर्न माग गर्दै वार्तामा बस्न अस्वीकार गर्दै आएका छन् ।

साथै, वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिने बताएको छ ।