चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र आन्तरिक समीक्षाको जरुरी रहेको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस चितवनले आयोजना गरेको ३५औँ जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष ०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले कांग्रेसभित्रको समीक्षा हुन नसक्दा लक्ष्यमा पुग्न कठिन भएको बताए ।
उनले सरकारले गरेका काम कारबाहीका कारण जनता आक्रोशित भएको समेत बताए । अहिले दिनहुँ जनता सडकमा आउनुपर्ने बाध्यताको अन्त्य गर्न सकेमा मात्र सरकारमा भएको अनुभूति हुने उनको भनाइ थियो ।
जनताको आक्रोशलाई सामान्य लिन नहुने बताउँदै कोइरालाले वर्तमान सरकार गठनका समयमा दुई दलबीच भएको सहमति कार्यान्वयन हुन नसकेको जिकिर गरे ।
प्रतिक्रिया