काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले नेपाल राष्ट्र बैंकले चाँडै नयाँ गभर्नर पाउने बताएका छन् ।
मंगलबार मन्त्रिपरिषद्का बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जबाफ दिँदै मन्त्री गुरूङले छिटोभन्दा छिटो राष्ट्र बैंकले गभर्नर पाउने बताएका हुन् ।
उनले गभर्नर नियुक्तिका लागि समयमै गभर्नरको नियुक्तिका लागि सिफारिस गर्ने कमिटी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको र कमिटीले काम पनि गरिरहेको बताए ।
उनले गभर्नरको नियुक्तिमा दुई वटा पार्टीको बीचमा भागबण्डा नमिलेर ढिलो भएको भन्नेकुरा सत्य नभएको बताए ।
उनले डेपुटी गभर्नर निलम ढुंगानालाई सरकारले कार्यवाहक गभर्नर तोकिसकेकाले काम नरोकिने जिकिर गरे ।
सरकारले बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशकमा मोहनबहादुर तामाङलाई नियुक्त गरिएको छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ बगरकोटबाट ४ कै टप्यामा कायम गर्ने र उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने पनि निर्णय गरिएको छ ।
त्यस्तै नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गरिएको छ । क्याविनेटले साथै वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरिएको छ ।
निर्णयहरू :


प्रतिक्रिया