काठमाडौं । गत शनिबार भएको बार एसोसिएसनको मतगणना अन्तिम चरणमा पुगेको छ । बुधबार दिउसोसम्म उच्च बार पाटन र ललितपुर बारको मात्र गणना गर्न बाँकी छ । दुई केन्द्रको मतगाण्ना हुन बाँकी हुँदा सत्ता गठबन्धननिकट विजय मिश्रको प्यानलै जित्ने लगभग निश्चित भएको छ ।
निर्वाचन समितिका अनुसार दुई केन्द्रको बाँकी रहँदा अध्यक्षका उम्मेदवार मिश्रले ३३८९ मत पाएका छन् भने विपक्षी गठबन्धननिकट रमन श्रेष्ठले १५४१ मत पाएका छन् । करिब साढे दुई हजार मतगणना हुन बाँकी छ । मिश्र प्यानलका सबै उम्मेदवार जित्ने गरी अग्रता बनाइरहेका छन् ।
कांग्रेस, एमाले र राप्रपानिकट कानुन व्यवसायी मिश्रको नेतृत्वमा चुनाव लडेका थिए भने नेकपा माओवादी केन्द्र, नेकपा एस र रास्वपानिकट कानुन व्यवसायी श्रेष्ठको नेतृत्वमा चुनावमा होमिएका थिए ।


प्रतिक्रिया