बागलुङ । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मृत भेटिएका छन् । वडाको काँक्राखोर बस्ने ५० वर्षीय वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा भेटिएका हुन् ।
भण्डारी घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक विष्णुप्रसाद शर्माको कमान्डमा गएको टोलीले अनुसन्धान सुरु गरेको बताएको छ ।
बुधबार बिहान ११ः३० बजे भण्डारी मृत भेटिएका हुन् ।
पोस्टमार्टमपछि परिवारलाई शव हस्तान्तरण गरिने प्रहरीले जनाएको छ । गत स्थानीय निर्वाचनमा उनी माओवादीबाट वडाध्यक्षमा निर्वाचित थिए ।
प्रतिक्रिया