बारमा कांग्रेस–एमाले गठबन्धनको क्लिनस्विप

बारमा कांग्रेस–एमाले गठबन्धनको क्लिनस्विप



काठमाडौं । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा प्राडा विजयप्रसाद मिश्रको प्यानल निर्वाचित भएको छ । नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानलले क्लिनस्विप गरेको हो ।

अध्यक्षमा मिश्रले प्रतिद्वन्द्वी नेकपा माओवादी निकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।

यस्तै महासचिवमा मिश्र प्यानलकै केदारप्रसाद कोइराला श्रेष्ठ प्यानलका राष्ट्रिय स्वतन्त्र पार्टीनिकट कानुन व्यवसायी यज्ञमणि न्यौपानेलाई पराजित गर्दै निर्वाचित भएका छन् ।

मिश्र प्यानलबाट उपाध्यक्षहरूमा कोशीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा, महिला उपाध्यक्षबाट सरस्वती श्रेष्ठ विजयी भए ।

मतगणना सकिएसँगै दिउँसो १ बजे एक कार्यक्रममार्फत अन्तिम नतिजा सार्वजनिक गर्दै मिश्र समूहलाई विजयी घोषणा गरिने निर्वाचन अधिकृत तारा सिटौलाले बताए ।